Home Bibles ☰ Books इजकिएल 24:3 · नेपाली बाइबल
इजकिएल 24:3 · नेपाली बाइबल

यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल।

Cross references

भजनसंग्रह 78:2

म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।

यशैया 1:2

हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।

यशैया 29:2

मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।

यशैया 30:1

परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।

यशैया 30:9

यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।

यशैया 63:10

तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

यर्मिया 1:13

परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”

यर्मिया 50:13

परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।

इजकिएल 2:2

जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें।

इजकिएल 2:3

उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्।

इजकिएल 2:5

तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्।

इजकिएल 2:6

“हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्।

इजकिएल 2:8

“हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान।”

इजकिएल 3:9

हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विरूद्धमा गएका छन्।”

इजकिएल 11:3

तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’

इजकिएल 11:7

अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।

इजकिएल 11:11

हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु!

इजकिएल 12:2

“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्।

इजकिएल 12:25

किन? किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घटना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाडैं आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेनै छाडछु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

इजकिएल 17:2

“हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो?

इजकिएल 17:12

“यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।

Interlinear

Choose Theme