“हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’
Cross references
यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं वर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।
परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘
अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।
यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।
परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।