तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।
Cross references
पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ।
कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।
परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौ।
परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”
त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।
तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।