Home Bibles ☰ Books इजकिएल 17:4 · नेपाली बाइबल
इजकिएल 17:4 · नेपाली बाइबल

त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो चुडाँयो अनि कनान लिएर गयो। गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।”

Cross references

2 राजा 24:12

यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।

यशैया 43:14

परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।

यशैया 47:15

त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाडनेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन् अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

यर्मिया 24:1

परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।

यर्मिया 51:13

बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।

प्रकाश 18:3

पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

प्रकाश 18:11

“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

Interlinear

Choose Theme