बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
Cross references
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो।
तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।