Home Bibles इजकिएल 17:20 · नेपाली बाइबल
इजकिएल 17:20 · नेपाली बाइबल

म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।

Cross references

यहोशू 10:16

तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।

2 शमूएल 18:9

अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढ भाग्ने चेष्टा गरे। खच्चर बजराठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए।

2 इतिहास 33:11

यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।

अय्यूब 10:16

यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।

उपदेशक 9:12

कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

यर्मिया 2:9

परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।

यर्मिया 2:35

तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’

यर्मिया 34:21

म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।

यर्मिया 39:5

कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

यर्मिया 50:44

परमप्रभु भन्नुहुन्छ, “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही यर्दन नदी छेऊको घना जंगलबाट बाहिर निस्कन्छ। म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु। म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु। म जस्तो को छ? मलाई कसले बोलाउन सक्छ। गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”

विलाप 1:13

परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

विलाप 4:20

राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”

इजकिएल 12:13

उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ।

इजकिएल 20:35

म तिमीलाई मरूभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ।

इजकिएल 32:3

परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।

इजकिएल 38:22

म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।

होशे 2:2

“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन ‘वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।

होशे 7:12

जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।

मीका 6:2

परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”

लूका 21:35

पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।

Interlinear

Choose Theme