Home Bibles अय्यूब 10:16 · नेपाली बाइबल
अय्यूब 10:16 · नेपाली बाइबल

यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।

Cross references

गन्ती 16:29

यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधै मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्।

व्यवस्था 28:59

परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।

अय्यूब 5:9

हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।

अय्यूब 13:24

हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?

अय्यूब 16:9

परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।

यशैया 38:13

सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ, तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।

यर्मिया 5:6

तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।

विलाप 3:10

परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।

होशे 5:14

किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।

होशे 13:7

“यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु।

आमोस 3:8

यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?

Interlinear

Choose Theme