Home Bibles ☰ Books इजकिएल 32:3 · नेपाली बाइबल
इजकिएल 32:3 · नेपाली बाइबल

परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।

Cross references

उपदेशक 9:12

कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

यर्मिया 16:16

“परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।

विलाप 1:13

परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

इजकिएल 12:13

उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ।

इजकिएल 17:20

म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।

होशे 7:12

जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।

हबकूक 1:14

“तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”

Interlinear

Choose Theme