भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”
Cross references
मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।
तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।
नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।
मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुताहरूले तपाईंहरू र तपाईंका घर छोडने छन् र नदीमा मात्र रहनेछन्।”