Home Bibles ☰ Books प्रस्थान 4:21 · नेपाली बाइबल
प्रस्थान 4:21 · नेपाली बाइबल

मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

Cross references

उत्पत्ति 6:3

तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”

प्रस्थान 3:19

“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

प्रस्थान 3:20

यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।

प्रस्थान 7:3

तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र

प्रस्थान 7:13

तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

प्रस्थान 8:11

भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”

प्रस्थान 8:15

फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने।जुम्राहरू

प्रस्थान 9:12

तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयोअसिना

प्रस्थान 9:35

उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।

प्रस्थान 10:20

तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

प्रस्थान 11:10

त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।

प्रस्थान 14:4

म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”

प्रस्थान 14:8

इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो।

प्रस्थान 14:17

मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु।

व्यवस्था 2:30

“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

व्यवस्था 2:36

त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

यहोशू 11:20

परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।

1 राजा 22:22

र्स्वगदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झूठो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झूठो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फसाऊ। तिमी सफल हुनेछौ।”‘

भजनसंग्रह 105:25

यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।

Interlinear

Choose Theme