Home Bibles प्रस्थान 40:5 · नेपाली बाइबल
प्रस्थान 40:5 · नेपाली बाइबल

धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।

Cross references

प्रस्थान 26:36

“निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।

प्रस्थान 30:1

परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।

प्रस्थान 30:6

वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।

प्रस्थान 35:25

प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

प्रस्थान 37:25

बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।

प्रस्थान 40:26

तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।

यूहन्ना 14:6

येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

हिब्रू 9:24

ख्रीष्ट परम पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।

हिब्रू 10:19

यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।

1 यूहन्ना 2:1

मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।

Interlinear

Choose Theme