“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
Cross references
“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।
त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।
मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
“पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।
यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।