उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।
Cross references
परमप्रभुले मोशालाई भन्नु भयो,
“काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।
भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।
तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।
एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।
तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खडकुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौडा अनि 5 हात गहिरो थियो।
हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।
त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।
जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।
तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।
त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसंग थियौ।”
त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”