Home Bibles ☰ Books 1 राजा 7:38 · नेपाली बाइबल
1 राजा 7:38 · नेपाली बाइबल

हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।

Cross references

प्रस्थान 30:17

परमप्रभुले मोशालाई भन्नु भयो,

प्रस्थान 30:28

होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।

प्रस्थान 38:8

उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।

प्रस्थान 40:11

बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।

2 इतिहास 4:6

सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।

जकरिया 13:1

तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।

हिब्रू 9:10

ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

हिब्रू 10:22

शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

1 यूहन्ना 1:7

परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।

प्रकाश 7:14

मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।

Interlinear

Choose Theme