Home Bibles यशैया 3:23 · नेपाली बाइबल
यशैया 3:23 · नेपाली बाइबल

ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।

Cross references

उत्पत्ति 24:65

उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?”त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।

उत्पत्ति 41:42

अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।

प्रस्थान 38:8

उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।

रूथ 3:15

तब बोअजले भने, “तिम्रो ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।”यसर्थ रूथले आफ्नो ओढने खोलेर समातिन् अनि बोअजले छः पाथीजस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।

1 इतिहास 15:27

सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारानिर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।

श्रेष्ठगीत 5:7

शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले मलाई पिटे, अनि मलाई चोट पुर्याए। पर्खाल माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो खोसे।

इजकिएल 16:10

मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ।

लूका 16:19

येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।

प्रकाश 19:8

बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।”उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।

प्रकाश 19:14

स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

Interlinear

Choose Theme