Cross references
प्रस्थान 38:1
त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।
प्रस्थान 38:8
उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।
1 राजा 7:23
तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खडकुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौडा अनि 5 हात गहिरो थियो।
1 राजा 7:38
हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।