ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
Cross references
मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”
हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए।तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”
तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।”‘
यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।
होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।
तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।
जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए। अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।
तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।”