Home Bibles ☰ Books प्रस्थान 17:6 · नेपाली बाइबल
प्रस्थान 17:6 · नेपाली बाइबल

म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

Cross references

प्रस्थान 3:1

त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

प्रस्थान 16:10

हारून इस्राएलका मनिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरूभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।”‘

गन्ती 20:9

यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए।

गन्ती 20:11

तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।

व्यवस्था 8:15

परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।

नहेम्याह 9:15

तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।

भजनसंग्रह 46:4

त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।

भजनसंग्रह 74:15

तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।

भजनसंग्रह 78:15

परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो।जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।

भजनसंग्रह 78:20

जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”

भजनसंग्रह 105:41

परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।

भजनसंग्रह 114:8

परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

यशैया 41:17

“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।

यशैया 43:19

किन? किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरूभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुक्खा जग्गाहरूमा नदीहरू बगाउनेछु।

Interlinear

Choose Theme