Home Bibles प्रस्थान 29:29 · नेपाली बाइबल
प्रस्थान 29:29 · नेपाली बाइबल

“हारूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्।

Cross references

प्रस्थान 28:2

“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।

प्रस्थान 28:3

इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।

प्रस्थान 29:5

हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ।

प्रस्थान 30:30

“हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।

प्रस्थान 40:15

छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”

लेवी 8:1

परमप्रभुले मोशालाई भन्नुभयो,

लेवी 8:7

तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए।

लेवी 16:32

“यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ।

गन्ती 18:8

तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।

गन्ती 20:26

हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”

गन्ती 20:28

मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।

गन्ती 35:25

त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।

Interlinear

Choose Theme