Home Bibles ☰ Books गन्ती 35:25 · नेपाली बाइबल
गन्ती 35:25 · नेपाली बाइबल

त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।

Cross references

प्रस्थान 29:7

हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

लेवी 8:12

त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए।

लेवी 21:10

“प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

गन्ती 35:28

किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।

यहोशू 20:6

त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुञ्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”

रोमी 3:24

मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।

एफिसी 2:16

क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।

हिब्रू 4:14

हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

हिब्रू 7:25

यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।

हिब्रू 9:12

ख्रीष्ट महा पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।

हिब्रू 10:19

यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।

Interlinear

Choose Theme