Home Bibles ☰ Books प्रस्थान 40:15 · नेपाली बाइबल
प्रस्थान 40:15 · नेपाली बाइबल

छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”

Cross references

प्रस्थान 12:14

“यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड हुनेछ। तिमीहरूका संन्तानहरूले सदा सर्वदा यो पवित्र चाडलाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।

प्रस्थान 28:41

हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।

प्रस्थान 29:9

त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।

प्रस्थान 30:31

इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुञ्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।

प्रस्थान 30:33

यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

गन्ती 25:13

शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”

भजनसंग्रह 110:4

परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

हिब्रू 5:1

कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।

हिब्रू 7:3

मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

हिब्रू 7:7

अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।

हिब्रू 7:17

धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”

हिब्रू 8:1

हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।

Interlinear

Choose Theme