Home Bibles ☰ Books प्रस्थान 29:28 · नेपाली बाइबल
प्रस्थान 29:28 · नेपाली बाइबल

इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैं दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।

Cross references

प्रस्थान 28:2

“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।

प्रस्थान 29:27

तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ।

लेवी 3:1

“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

लेवी 7:11

“परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,

लेवी 10:14

“तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।

लेवी 10:15

तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”

गन्ती 5:9

“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।

गन्ती 5:10

कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”

गन्ती 6:20

त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।

गन्ती 15:19

अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ।

गन्ती 15:21

यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।

गन्ती 18:8

तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।

गन्ती 18:24

तर तिनीहरू संग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”

गन्ती 18:29

जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिमीहरूमा सबै भन्दा असल अनि महापवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।

गन्ती 20:28

मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।

गन्ती 31:29

तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।

गन्ती 31:41

परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

व्यवस्था 18:3

“जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ!

Interlinear

Choose Theme