सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
Cross references
“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।
तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।
मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।
त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।