Home Bibles ☰ Books गन्ती 4:32 · नेपाली बाइबल
गन्ती 4:32 · नेपाली बाइबल

वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकून्।

Cross references

प्रस्थान 25:9

त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

प्रस्थान 27:9

“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।

प्रस्थान 38:17

खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।

प्रस्थान 38:21

पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।

गन्ती 3:8

भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।

गन्ती 3:36

मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।

गन्ती 4:49

परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

गन्ती 7:1

जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

1 इतिहास 9:29

केही द्वारपालकहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।

Interlinear

Choose Theme