Cross references
उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।
“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।
तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए।
मानिसहरूले परमप्रभुको मन्दिरका लागि रूपियाँ दिए।
बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीभरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।
सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।