तब सामदानमाथि राख्ने सातबटा दियाहरू बनाऊ अनि यिनले अघिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।
Cross references
हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।
उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।
उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
“इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ।
हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।
“हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”
सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।
हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।