उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”
Cross references
तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।
फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।
अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठायौं।
हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।
“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकारगर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको?
यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
केही चेलाहरूले जसले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको
जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धुलो किन देख्छौ?
आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
जब येशूले यस्तो सुन्नभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछयाऊ!”
फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”