Home Bibles ☰ Books प्रस्थान 17:5 · नेपाली बाइबल
प्रस्थान 17:5 · नेपाली बाइबल

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।

Cross references

प्रस्थान 7:19

परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”

प्रस्थान 7:20

यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

गन्ती 20:8

“तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”

इजकिएल 2:6

“हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्।

प्रेरित 20:23

म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई र्पखिरहेको छ।

Interlinear

Choose Theme