Home Bibles प्रस्थान 17:4 · नेपाली बाइबल
प्रस्थान 17:4 · नेपाली बाइबल

अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

Cross references

प्रस्थान 14:15

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसंग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढन शुरू गर्नु भन।

प्रस्थान 15:25

मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।

गन्ती 11:11

मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो?

गन्ती 14:10

तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।

गन्ती 16:19

कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।

1 शमूएल 30:6

सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।

भजनसंग्रह 99:6

मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए। तिनीहरू मध्ये शमूएल हुन जसले परमेश्वरको नाम पुकारे। तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे, अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।

यूहन्ना 8:59

जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढंङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।

यूहन्ना 10:31

फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।

प्रेरित 7:50

के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?”

प्रेरित 14:19

त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।

Interlinear

Choose Theme