Home Bibles ☰ Books प्रेरित 7:50 · नेपाली बाइबल
प्रेरित 7:50 · नेपाली बाइबल

के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?”

Cross references

प्रस्थान 20:11

किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

भजनसंग्रह 33:6

परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।

भजनसंग्रह 50:9

म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।

भजनसंग्रह 146:5

तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

यशैया 40:28

निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।

यशैया 44:24

परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”

यशैया 45:7

मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

यशैया 45:12

यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।

यशैया 66:2

म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

यर्मिया 32:17

“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।

प्रेरित 14:15

“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

Interlinear

Choose Theme