Home Bibles प्रस्थान 17:3 · नेपाली बाइबल
प्रस्थान 17:3 · नेपाली बाइबल

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”

Cross references

प्रस्थान 14:11

तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन? तिमीले हामीलाई मरूभूमिमा मार्न ल्यायौं।

प्रस्थान 15:24

मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

प्रस्थान 16:2

इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।

प्रस्थान 16:3

मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

नहेम्याह 9:15

तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।

नहेम्याह 9:20

तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।

भजनसंग्रह 107:5

तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।

Interlinear

Choose Theme