Home Bibles प्रस्थान 12:50 · नेपाली बाइबल
प्रस्थान 12:50 · नेपाली बाइबल

यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे।

Cross references

प्रस्थान 6:26

हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”

प्रस्थान 7:4

यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।

प्रस्थान 12:41

ठीक 430 वर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए।

गन्ती 3:51

परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।

गन्ती 5:4

यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

गन्ती 8:19

इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रायश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”

गन्ती 8:20

त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।

गन्ती 8:22

त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावारी थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।

गन्ती 9:5

तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरूभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।

गन्ती 36:10

सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।

व्यवस्था 4:1

“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।

व्यवस्था 12:32

“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

मत्ती 7:24

“हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।

मत्ती 28:20

जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

यूहन्ना 2:5

येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”

यूहन्ना 13:17

यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्‌यौ भने सुखी हुनेछौ।

यूहन्ना 15:14

तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।

प्रकाश 22:15

नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।

Interlinear

Choose Theme