त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।
Cross references
यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे।
तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।
तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरूभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
दुई दिन, एक महिना अथवा पुरै एक वर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।