Cross references
जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”
यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”
हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”
यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।
तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाडलाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्।
यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुन्ड-झुन्डमा यात्रा गरे।
मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।
“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।
“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
किन? किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो तिनीहरू जंगली साँढे झै बलिया छन्।
मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
“तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।
“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।” तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाइको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”
तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ।
तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबकोमहिना थियो।
तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।
तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।
परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।
यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।
यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।”
येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।