Home Bibles प्रस्थान 14:20 · नेपाली बाइबल
प्रस्थान 14:20 · नेपाली बाइबल

यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

Cross references

यहोशू 24:7

यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ।त्यसपछि, तिमीहरू लामो समयसम्म मरूभूमिमा बस्यौ।

भजनसंग्रह 18:11

परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।

हितोपदेश 4:18

तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

यशैया 8:14

यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ।

2 कोरिन्थी 2:15

परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

Interlinear

Choose Theme