मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो।
Cross references
जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।
तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।
मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन् मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।
परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ - त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।
म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।
म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु। म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।” परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरु विशाल र शक्तिशाली मानिसहरु पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरु जस्ता धेरै संख्यामा मानिसहरु पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ।
सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
“परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाईअँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”
पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।