एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले, राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराए।
Cross references
अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशान जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ।
मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।
तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्।
परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।
तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।
म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।
यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।