Home Bibles ☰ Books यर्मिया 32:7 · नेपाली बाइबल
यर्मिया 32:7 · नेपाली बाइबल

यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’

Cross references

लेवी 25:23

“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

लेवी 25:24

मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।

लेवी 25:25

तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।

लेवी 25:34

लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।

लेवी 25:49

अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।

गन्ती 35:2

“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।

यहोशू 21:18

अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।

रूथ 4:3

तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो।

1 राजा 14:5

तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।

यर्मिया 1:1

यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।

यर्मिया 11:21

यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्‌यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौ।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ।

मर्कूस 11:2

यशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई सांग्लोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।

मर्कूस 14:13

येशूले आफ्नो दूइजना चेलाहरूलाई नगर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “नगरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।

Interlinear

Choose Theme