Home Bibles ☰ Books उत्पत्ति 48:5 · नेपाली बाइबल
उत्पत्ति 48:5 · नेपाली बाइबल

अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।

Cross references

उत्पत्ति 41:50

यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ वर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

उत्पत्ति 41:51

यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।”

उत्पत्ति 41:52

तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”अनिकालको समय शुरू हुन्छ

उत्पत्ति 46:20

मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।

लेवी 20:26

मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

गन्ती 1:10

यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

गन्ती 1:32

तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।

गन्ती 26:28

यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।

यहोशू 13:7

अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”भूमि-विभाजन

यहोशू 14:4

ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो।

यहोशू 16:1

यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।

1 इतिहास 5:1

इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो।

भजनसंग्रह 77:16

परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।

यशैया 43:1

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

इजकिएल 16:8

मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

Interlinear

Choose Theme