Home Bibles एस्तर 8:9 · नेपाली बाइबल
एस्तर 8:9 · नेपाली बाइबल

यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।

Cross references

2 राजा 18:26

तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”

2 इतिहास 15:10

आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं वर्षको तेस्रो महीनामा एकत्रित भए।

एस्तर 1:1

अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।

एस्तर 1:22

अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए।

एस्तर 3:12

यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।

एस्तर 10:1

त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।

दानियल 4:1

सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेस्सरबाट तिमीहरूको भलो होस्। भनि पठाए।

दानियल 6:1

सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो।

1 कोरिन्थी 14:9

तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ।

Interlinear

Choose Theme