मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
Cross references
होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,
त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूसदिन सक्तैनौ।
तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।
मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।
परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।
“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।
येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।
सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।
मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।
येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।
हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।
प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरुको जीवनमा पनि रूचि राख्ने गर।
सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।
तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।
ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरे र र्धमिकताको कककनिम्ति अनि जे उचित छ त्यसका निम्ति बाँच्ने गरौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।
तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।
येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।
अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।
जब भेडाको पाठोले त्यो बेहिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।