Home Bibles रोमी 14:15 · नेपाली बाइबल
रोमी 14:15 · नेपाली बाइबल

केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।

Cross references

इजकिएल 13:22

“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।

रोमी 13:10

प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

रोमी 14:20

भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

रोमी 15:2

तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।

1 कोरिन्थी 8:1

अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ।

1 कोरिन्थी 8:11

यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ।

1 कोरिन्थी 13:1

अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।

1 कोरिन्थी 13:4

प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।

गलाती 5:13

मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।

एफिसी 5:2

प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

फिलिप्पी 2:2

यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मैले मिलापसँग एउटै लक्ष्य लिएर बाँच।

2 पत्रुस 2:1

विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।

1 यूहन्ना 2:2

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme