“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
Cross references
मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ। म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन।
यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें।
यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।
एका-अर्कामा दाज्यु-भाई, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।
जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?
हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर।
ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।
तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोडनु हुँदैन।
बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
अहिले, तिमीहरुले साँचो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।
यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।
अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।
मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।
यो त्यो शिक्षा हो जो तिमीहरुले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।
हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।
यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।
प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।
अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो।