Home Bibles एफिसी 4:25 · नेपाली बाइबल
एफिसी 4:25 · नेपाली बाइबल

यसैले तिमीहरूले झूटो बोल्नु छोडनुपर्छ। आपसमा सँधै साँचो बोल। किनभने हामी आपस्तमा एउटै शरीरका अंगहरू हौं।

Cross references

लेवी 19:11

“तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।

न्यायकर्ता 16:11

शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”

1 राजा 13:18

तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

भजनसंग्रह 52:3

तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ। तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।

भजनसंग्रह 119:29

हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।

हितोपदेश 6:17

आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

हितोपदेश 8:7

मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।

हितोपदेश 12:17

एक सत्यवादी गावाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ।

हितोपदेश 12:19

जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

हितोपदेश 12:22

परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

हितोपदेश 21:6

झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

यशैया 9:15

यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।

यशैया 59:3

तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

यशैया 63:8

परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

यर्मिया 9:3

“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।

होशे 4:2

मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।

जकरिया 8:16

यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।

जकरिया 8:19

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

यूहन्ना 8:44

तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूठो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो ।

प्रेरित 5:3

पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?

रोमी 12:5

उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

1 कोरिन्थी 10:17

त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।

1 कोरिन्थी 12:12

मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः

2 कोरिन्थी 7:14

मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गरयौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँचो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमहरूले हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ।

एफिसी 4:15

तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुञ्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीरको प्रत्येक अंग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अंगले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

एफिसी 5:30

किन कि हामी उहाँको शरीरका अंग हौं।

कलस्सी 3:9

तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।

1 तिमोथी 1:10

जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।

1 तिमोथी 4:2

यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ।

तीतस 1:2

त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।

तीतस 1:12

तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”

प्रकाश 21:8

तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”

प्रकाश 22:15

नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।

Interlinear

Choose Theme