मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गरयौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँचो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमहरूले हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ।
Cross references
तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।
म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति र्गवित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दुखहरूमा पनि म बढो अनिन्दित छु।
तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।
त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन र्गवित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।
म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।
त्यो साँचो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।
यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।