Home Bibles भजनसंग्रह 119:29 · नेपाली बाइबल
भजनसंग्रह 119:29 · नेपाली बाइबल

हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।

Cross references

भजनसंग्रह 119:5

यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु,

भजनसंग्रह 119:37

परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।

भजनसंग्रह 119:104

तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।

भजनसंग्रह 119:128

म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।

भजनसंग्रह 119:163

म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।

भजनसंग्रह 141:3

हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता दिनुहोस्। म के भन्छु त्यस विषयमा होशियार हुन सहायता गर्नुहोस्।

हितोपदेश 30:8

मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।

यशैया 44:20

त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”

यर्मिया 16:19

हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”

यर्मिया 31:33

“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

योना 2:8

“ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्।

एफिसी 4:22

तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोडन सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

हिब्रू 8:10

“म यो नयाँ करार इस्त्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु। म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु र ती मेरा प्रजाहरू बन्नेछन्।

1 यूहन्ना 1:8

यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

1 यूहन्ना 2:4

एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरुको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन।

प्रकाश 22:15

नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।

Interlinear

Choose Theme