Home Bibles ☰ Books रोमी 12:5 · नेपाली बाइबल
रोमी 12:5 · नेपाली बाइबल

उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

Cross references

रोमी 12:4

हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन।

1 कोरिन्थी 10:17

त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।

1 कोरिन्थी 10:33

म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिश गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिश गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।

1 कोरिन्थी 12:12

मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः

1 कोरिन्थी 12:20

अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।

1 कोरिन्थी 12:27

तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ।

एफिसी 1:23

मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।

एफिसी 4:25

यसैले तिमीहरूले झूटो बोल्नु छोडनुपर्छ। आपसमा सँधै साँचो बोल। किनभने हामी आपस्तमा एउटै शरीरका अंगहरू हौं।

एफिसी 5:23

जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ।

एफिसी 5:30

किन कि हामी उहाँको शरीरका अंग हौं।

कलस्सी 1:24

तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।

कलस्सी 2:19

ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढछ।

Interlinear

Choose Theme