जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।
Cross references
एक दिन हामी सबै मर्ने नै हौं हामी भँुइमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ।
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।
बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सँधै न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।
भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।
ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।
अन्तमा त्यो स्त्री पनि मरी।
सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।