ज्ञानीले सधें मृत्युबारे सोंच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
Cross references
अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुञ्जेल अबीगेलले केही भनिन्।
त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।
तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।
यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।” तब म अत्यन्तै डराएँ।तब म अत्यन्त भयभीत भएँ।
मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।
त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।
हाम्रा राजाको उत्सवको दिनमा अगुवाहरू ज्यादै पिएर मात्छन्। अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।
भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।
येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।