जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
Cross references
तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”
अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, “त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निश नै मेटिने छ।”
“सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”
स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
एलियाले बालकलाई बोकेर तल्लो तालामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”
एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”
सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।
मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।
सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।
धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।
पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!
तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।
पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।